नियम ४
सञ्चार साधन राख्न र प्रयोग गर्न स्वीकृति दिन सक्ने
प्रचलित कानून बमोजिम स्थापित कम्तीमा पचास शैया भएका स्वास्थ्य संस्थाले त्यस्तो संस्था तथा सो संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्थानीय प्रशासनको सिफारिस सहित आवश्यक सञ्चार साधन राख्न र प्रयोग गर्न मन्त्रालयसंग स्वीकृति माग गरेमा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयको सहमतिमा त्यस्तो स्वास्थ्य संस्थालाई निजले माग गरे बमोजिमको सञ्चार साधन राख्न र प्रयोग गर्न स्वीकृति दिन सक्नेछ ।